मेरो अस्तित्व आफूभित्र मात्र छ
छैन यस संसारको आँखामा,
आफैमा म छु महान
तर विश्वमाझ आम छु म ।
म यहि त छु,
तर संसार बेखबर छ
मेरो उपस्थिति भईकन यहा शून्यता बराबर छ ।
आफैमा म छु महान
तर विश्वमाझ आम छु म ।
म यहि त छु,
तर संसार बेखबर छ
मेरो उपस्थिति भईकन यहा शून्यता बराबर छ ।
खोज्दैछु आफुलाई प्रष्फुटित गर्न म,
लाग्दछ चिनोस् मेरो अपार सम्भावनालाई,
सामर्थ्यलाई यस संसारले ।
चाहन्न कहलिन म कुनै विशेष
चाहन्छु त महशुस गरोस् मेरो शेष,
तर आफैमा मात्र म छु
संसारमा निरर्थक ।।
लाग्दछ चिनोस् मेरो अपार सम्भावनालाई,
सामर्थ्यलाई यस संसारले ।
चाहन्न कहलिन म कुनै विशेष
चाहन्छु त महशुस गरोस् मेरो शेष,
तर आफैमा मात्र म छु
संसारमा निरर्थक ।।
म यहि त छु
तर देख्दैन यो संसारले
संसार अन्धो पनि त छैन,
चिन्दछ यसले थुप्रै व्यक्ति विशेषलाई ।
म पनि ती माझ नै त छु,
तर स्विकार्दैन मेरो उपस्थिति
गन्दैन मेरो अस्तित्वको '१' लाई ।।
तर देख्दैन यो संसारले
संसार अन्धो पनि त छैन,
चिन्दछ यसले थुप्रै व्यक्ति विशेषलाई ।
म पनि ती माझ नै त छु,
तर स्विकार्दैन मेरो उपस्थिति
गन्दैन मेरो अस्तित्वको '१' लाई ।।
आफैभित्र सिमित रहन चाहन्न म,
चाहन्छु अरुको सहारा
सहयोगी म बन्न सकू ।
तिम्रा लागि ताली चुट्दाचट्दै
थाकेका यी मेरा हात,
यहि हातले शृजनशिलता, केहि उर्जा
अरुका जीवनमा मैले भर्न सकूं ।।
प्रष्फुटित गर्न खोज्दैछु म आफैलाई,
चाहन्छु मेरो अस्तित्व
छूट्टियोस् यो सादा रङ्गहिन किरणबाट
देखून संसारले एकपटक, सादा किरणमै पनि
विछट्टै मनमोहक इन्द्रेणि निहित ।।
दिवापखको तारा भई उदाएछु म यो संसारमा,
मेरो अस्तित्व
महान भईकन संसारबिच लोप ।
साधारण आगो सम्झी,
पानी छ्याप्छौ तिमी ममाथि
मभित्र म्याग्मा उम्लिरहेको छ,
हुनसक्छ क्षणभरमै विष्फोट ।।
पानी छ्याप्छौ तिमी ममाथि
मभित्र म्याग्मा उम्लिरहेको छ,
हुनसक्छ क्षणभरमै विष्फोट ।।
साधारण घाँसपात सम्झन्छौ तिमी मलाई,
म त सञ्जीवनी बुटि हूं ।
तिमीले अज्ञानवस् नचिनेर लंकार्दैमा
मेरा पियुषरसको अमृत्व घट्ने छैन,
परिआएको खण्डमा मेरो अस्तित्व पस्कन यहाँ
रत्तीभर पछि म हट्ने छैन ।
चिनाउन मेरो अस्तित्वको '१' लाई,
कदापि पछि म हट्ने छैन ।।

0 Comments