आउँछ जान्छ, जान्छ आउँछ भूकम्प
पराकम्पनको त ताँती नै लागिरहन्छ ।
यस भेटघाटको शृङ्कलामा नै
विध्वंशको कोसेली चखाईरहन्छ ।
पराकम्पनको त ताँती नै लागिरहन्छ ।
यस भेटघाटको शृङ्कलामा नै
विध्वंशको कोसेली चखाईरहन्छ ।
भूकम्पपछिको पूननिर्माणमा त छ प्रशस्तै समय,
यसै नि जनताको पो घरबार, राज्यलाई के छ कर?
नेताको पो दरबार पहिले ठड्याउनैपर्छ ।।
यसै नि जनताको पो घरबार, राज्यलाई के छ कर?
नेताको पो दरबार पहिले ठड्याउनैपर्छ ।।
प्राकृतिक खनिज ग्याँस पनि त छन,
ती लाई पनि भूगर्भमै सुरक्षित राख्नपर्छ ।
हजारौ त खोलानाला नै छन् हामीसँग
केहीलाई बन्धकि राखौ, आयात गरौ न बिजुली
आगामी चुनावअघिसम्म लोडसेडिङ्ग घटाउनैपर्छ ।।
स्वास्थक्षेत्रको निकास, जनसंख्यै द्रुतविकास
हुनेखानेकै पहुँचमा स्वास्थक्षेत्र राख्नुपर्छ,
के.सी ले अनशन नबसे पो अचम्म मान्नु,
जनताले नपाउन सिटामोलको खोल
नेताको रुघालाई विदेशी शैयामा पुर्याउनुपर्छ ।।
जनता गरीब भएका हैनन्, देश पो हाम्रो धनी
तैपनि गरिबी निवारणको कार्यपत्र बनाउनुपर्छ,
गरिबलाई छदैछ नदीनालाका किनार,
गरिबी उन्मूलनमा डलर पो भित्रियो,
तुरुन्त पाँचतारेमा गोष्ठी, बहस चलाउनुपर्छ ।।
शिक्षाक्षेत्र हाम्रो बेरोजगार कारखाना,
देशकै एकमात्र उद्योगलाई पनि मलजल गर्नुपर्छ ।
विद्धान, विवेकि आखिर हुने पलायन नै हुन,
गरीबका सन्तान कखरा जान्दैनन् के चाँसो?
आफ्ना छोराछोरीले एबीसी भट्याउनुपर्छ ।।
देशकै एकमात्र उद्योगलाई पनि मलजल गर्नुपर्छ ।
विद्धान, विवेकि आखिर हुने पलायन नै हुन,
गरीबका सन्तान कखरा जान्दैनन् के चाँसो?
आफ्ना छोराछोरीले एबीसी भट्याउनुपर्छ ।।
सतीको कृपाले भरिपूर्ण देशै हाम्रो,
विकासलाई प्रतिवेदनमा प्रशस्त उतार्नुपर्छ ।
इमान्दारीता भैगो आकाशको फल अनि
समाजसुधार भैगो दिर्घकालीन योजना
म्यादभित्रै डि.भी, इ.पी.एस् भर्नुपर्छ ।
बिग्रन नजान्ने प्राकृतिक छनोटमै अयोग्य,
बाङ्गाटिङ्गाले नै प्राथमिकता पाउनुपर्छ ।।

0 Comments