सहिद सपना

मानसपटलमा छापिएको रङ्गगीन दूनिया एक,
सपनाको संसार त्यो, छ स्थान मनमा विशेष
समय बित्दैछ, सपना त्यो किन धमिलिदैछ ?
अठोट, दृढता हराईगई, मन यो किन बदलिदैछ ??

सपनाको त्यो बस्तीको जग खै कता खन्नु
छरपष्ट छन् यहाँ विगतका चाहनाको अस्थिपञ्जर
काप्दछ मुटु, हल्लिन्छ यो मगज खै किन बेसरी ?
लाग्छ मर्दैछ त्यो सपना, डुब्दैछ त्यो सपनाको सहर ।

सपना यो मगजमा लेखियो खै कुन मसिले,
खोज्दा मेट्न पनि, जादैन केहि गरी,
अथै के रह्यो अस्तित्वको यदि
दिदैन साथ चोलाले भने गएपछि मरी ।

सपनाको अब सुन्दर, मजबुत चिहान खन्छु,
विगत लाई ती अब चितामा खन्याई पोल्छु ।
हिजोसम्मको म लाई दागबत्ती दिई त्यै चितामा
पूनर्जन्म लिई यहि घडीमा, 
अध्याय नयाँ जीवनको खोतल्छु ।। 

Post a Comment

0 Comments