हिजो, आज र भोली

 हिजोका कर्महरुले मेरो आज निर्मित छ
मेरो आज पनि भोलि लाई समर्पित छ
हिजोसम्म बाँचेथे आज का लागि
भोलि का लागि पो आज बाँच्दैछु म
हिजो, आज, भोलिको इन्द्रजाल यो कस्तो?
सुक्ष्मरुपमा नियाल्दै छु म ।।

भूत, वर्तमान अनि भविष्यत्
यीनकै अधीनमा जीवन मेरो समाहित,
हिजोका ती पललाई क्यै गरी न सक्छु समाउन
न सक्दछु भोलीका ती घडीलाई खिँचेर ल्याउन।

जतिजति पछ्याउदै जान्छु ती भोली लाई
प्रतिपल्ट एक आज मात्र पाउँदछु म,
भविष्यप्राप्ति हुनेरैछ एक अजम्बरीलाई मात्र
अतः प्रत्येक आज मा नै रमाउछु म,
सुनौला यी वर्तमानलाई नै सजाउछू म ।।

मेरा ती हिजो हरुको सामयिक निधन भइसक्यो,
यमपाशले न दिनेछ, दर्शन मलाई भोलिमा
मोहरुप सम्पूर्ण यै भोलि को बुझि,
साँच्नेछैन आजका यी खुशी भोलिका झोलिमा ।
बलिदान गर्नेछैन मेरा यी आज लाई भोलिका झोलिमा ।।

Post a Comment

1 Comments