मध्यरातमा तारा गन्दै
झिसमिसेमै कुवापधेरा गर्दै,
हर सूर्याेदयसँगै देवीभाकल मैले राखेकि छु ।
मेरा हृदयका हर स्पन्दनमा तिमीलाई सजाएकि छु ।।
झिसमिसेमै कुवापधेरा गर्दै,
हर सूर्याेदयसँगै देवीभाकल मैले राखेकि छु ।
मेरा हृदयका हर स्पन्दनमा तिमीलाई सजाएकि छु ।।
तिम्रा फर्कने दिन गन्दै
बन्धकिको भाकालाई पर सार्दै
जसोतसो तिम्रो पुख्र्यौली आजसम्म जोगाएकि छु ।
मेरा प्रत्येक प्राणवायुमा तिमीलाई नै पाएकि छु ।।
तिमीसँग बिताएका हरपल गन्छु म,
हाम्रो मिलनको त्यो घडी कल्पन्छु म
तिमीसँगका ती पलहरु स्मृतिमै सजाएकी छु ।
मेरो हृदयको ईश्वर तिमीलाई नै बनाएकी छु ।।
तिमी मेरा साथै थियौ,
विश्वभरका खुशी वरीपरी थियो
राम्रै लाउने, मिठो खुवाउने तिम्रो सोचले
परदेशीको चिनारी तिमीलाई दियो ।
स्वाभीमानी कोदालीको लागेन भर तिमीलाई
यहि धर्तीमा मैले त भू स्वर्ग पाएकी छु ।
तिमी मेरा थियौ, म तिमी सँगै थिए,
अहिले कोइलीसँगै विरहगान गुनगुनाएकी छु ।
के पायौ होला र तिमीले त्यहाँ ?
मैले त सर्वदा गुमाएकि छू,
मेरा रक्षक तिमी छैनौ यहाँ,
पापी समाजको लाञ्छना कमाएकी छू ।
आउ हे प्रिय फर्कि, पुसौला आसु एक अर्काको,
तिमीबिना त हररात ऐठनमै तर्सिरहेकि छु ।
अधुरो यो जीवन बाँच्नै जानिन मैले
हरघडी तिम्रै प्रतिक्षामा पर्खिरहेकी छु ।।

0 Comments