अनायास अचानक जब सम्झनामा आउँछौ, दिमाग शून्य अनि आँखा भरिपूर्ण बन्दछन्। रित्तो लाग्दछ जिन्दगी ; सार हीन लाग्दछन् ती सपना, समर्पण अनि सामीप्य ।रित्तिएको मनले म सोच्न सक्दिन गलत के भइदियो ।बिस्तारै भुल्दै पनि छु त्यो समयलाई। तर पनि अनायासै एक्लो हुँदा अनियन्त्रित बनिदिन्छन् आँखाहरू। म रुन खोज्दछु पखाल्न ती यादहरू अनि फेरि रुन चाहन्न पनि किनकि म चाहन्न मेरो आँसुहरूको पछाडि तिम्रो कुनै पनि अस्तित्व जोडिउन्।लाग्दछ कि आँसुहरूले तिमीलाई केही गरी जोडी रहेका हुन्छन् अनि चाहन्न म तिमीसँग कुनै पनि रूपमा जोडिन ।
हामी प्रायभन्दा केही नजिक पक्कै थियौँ। तर धेरै टाढा पनि वास्तविकता भन्दा एक अर्कालाई बुझेको झैँ लाग्दथ्यो तर त्यो केवल सामीप्यको सतही पर्दा थियो। सम्बन्धको गहिराई अनि समर्पणको परीक्षामा दुवै अनुत्तीर्ण भयो। अब कसको नम्बर कति आयो भन्ने कुनै त्यो कुनै रहेन अनौठो परीक्षा रहेछ यो। जिन्दगीको एक्लो मेहनतले परीक्षामा सामेलसम्म हुन नपाइने अनि परीक्षाफल संयुक्त रूपमा प्रकाशित हुने अनुत्तीर्ण भइसकेपछि अब मिलेर मेहनत गरौँ भन्ने ठाउँसम्म बाँकी रहन नरहने एक जना परीक्षाफलको नतिजामा विह्वल भइरहँदा अर्कालाई पूर्ण परीक्षाको शुभकामना दिनुपर्ने व्यवस्था तर प्रेमको प्रवेश परीक्षा सानो कुरा हो। वास्तविक जित हृदयमा इमानदारी र समझदारी निर्माण गर्नु अनि यसलाई कायम राखिरहनु हो।
इच्छा बाँकी छैनन् तिमी अनि म एक हौ भन्ने किनकि म शून्यमा पुगेको मान्छे हुँ। मलाई सर्वथाको भूतले त तर्साउँछ। म आफ्ना आँसुहरूलाई धोका नदिई एक तर्फ अघि बढ्न चाहन्छु तिमीलाई असङ्ख्यताको शुभकामना।

1 Comments
💛💚
ReplyDelete