तपाइहरु हिड्ने बाटोहरु के ले बनेका हुन्छन् याद गर्नु भएको छ ? ढुंगा, माटो, इटाँ, टाइल, कंक्रिट वा अन्य केहि सामग्रि ? म हिडेको बाटोहरू कल्पन्छु कतिपल्ट मलाइ लाग्न थालेको छ कि म हिडेको बाटोचाहिँ मेरो आयुले बनेको छ ।
बाल्यावस्थामा बामे सर्दै हिड्दा थाङनामा अडिएका ती डोबहरू, तातेताते हिडाइमा माटोमा परेका ती छापहरू, किशोरावस्थामा छिमेकिका बारीमा फलेका अमिलो झारि गह्राका कान्लामा मारेका ती बुर्कुसिहरू, साथीभाइसँग छोइडुम र बम्बब्लास्ट खेल्दाका कुदाइहरू, किशोरावस्थामा क्याम्पसका प्राङगणमा बजारिएका कवाजहरू, युवावस्थामा हितैसीहरूसँग बरालिदै गल्लीहरू घुमेका ती पाइलाहरु अनि घरबाट टाढा पढाइका लागि जान चालिएका कदमहरू यी सबैमा मेरा पैतालालाइ टेक्ने आधार दिने सदैव बाटोहरू नै त थिए। बाटोहरू जसले मलाइ हालको गन्तव्यमा पुर्याए के सोच्दाहुन ती बाटाहरू। बाटोहरू जुनमा म हिड्न नै बाकि छन ती बाटाहरू मेरा पदचाप कुर्दै होलान्। यिनै बाटाहरूमा रूमल्लिदै, आफ्नो गन्तव्यमा पुग्ने आशा राख्दै अगाडि बढिरहनु नै त जीवन बनेको छ मेरो। यीनै बाटाहरूमा त छताछुल्ल भएको छ मेरो जीवन। अनि पोखिन बाकि छ मैले मेरा केहि जीवनका पल आगामी बाटोहरूमा। यी बाटाहरू मेरा जीवन आयुकै एक रेखाकंन न हुन।
जुन गन्तव्यमा चाडो पुग्नका खातिर मैले बाटोहरू छोट्याउन खोजे, आखिर त्यो गन्तव्यका प्राप्तिमा मेरा पाइलाहरू कहिल्यै सन्तुष्ट भएनन्। हरेक गन्तव्यका अगाडि नयाँ गोरेटोहरू मेरा पदचिन्हहरूको छाप खोज्न तत्पर नै थिए। हरेक नयाँ गन्तव्य भेटिएसँगै नौला बाटोका नक्साहरू सदैव अगाडि प्रखर कोरिएका थिए। बाटामा भेटिएका दृश्य, साथ, साथीभाइहरू, बिसाउनीहरूको समष्टिरूप नै त मैले जीएको जीवन बन्न पुगेको छ।
बाटोहरू गन्तव्यसम्म पुर्याउने खुट्किलाका रूपमा अर्थ्याएर अगाडि बढेको थिए म। अहिले फर्किएर हेर्दा बाटोहरू गन्तव्यमा पुृर्याउने माध्यम नभइ बाटोहरू नै त रहेछन् यात्राका पर्याय। गन्तव्यमा भेटिएको सन्तुष्टि पनि आखिर बाटोमा गरिएको यात्राका कारण मूल्यवान् लाग्ने रहेछ। गन्तव्य केवल बाटो नभुलियोस् भन्ने हेतुले राखिएका पदचिह्नसमान रहेछन्। गन्तव्यले बाटोलाइ बोलाउने जरूर रहेछ थप अगाडिको यात्राका निमित्त।
गन्तव्य पुणर्विराम रहेछ तर जीवनगाथाको कथामा बाटाहरू अक्षरहरू रहेछन्। अनि त्यस जीवनकथाको अन्त्यमा पूणर्विराम (।) छ या विस्मयादिवोधक (!) मलाइ थाहा समेत छैन।

10 Comments
So beautiful!
ReplyDeleteThank you!😊
Deleteशब्दमा लेखेर नलेखिले जीवनका गाथाहरु।। फेरि अरु विकल्प पनि त छैन।।
ReplyDeleteपक्कै पनि भोगाइलाइ अक्षरमा व्यक्त गर्न कहाँ सकिन्छ र।
DeleteAli bujina ho
ReplyDeleteहजुर नबुझ्नुभएको कुरामा छलफल गर्न सकिन्छ।
Delete💝
ReplyDelete🥰🥰
Deleteएकै बसाईमा भाईको यो लेख सगै पछिल्ला तीन लेख पढियो, बाँकि लेख पनि अवश्य पढ्नेछु । भाईका कलमहरु दौडिरहुन ❤️🙏।
ReplyDelete👍👍
ReplyDelete