प्रश्नहरू थिए।
के त्यो धोका थियो ?
कि अधुरो सम्बन्ध
वा आकर्षण मात्र ?
प्रश्नबारे अन्यौलता वाकी रहेन अब।
उत्तरमा सुन्दर पाठ पाए मैले।
प्रश्न साह्रै निरर्थक तुल्याउने गरी।
पात्रसँग पनि केही गुनासो हुन्छ र कथाकारको।
भूमिकामा मात्र जन्मिन्छन् पात्रहरू।
अनि जिन्दगी एउटै कथामा कहाँ बगिरहन्छ र।
पुराना पाठहरू नै नवीन कथाको परिदृश्यमा शृङ्गार बनि उभिन्छन्।

0 Comments