सम्झनाहरूमाथि बिर्सनाले पोत्दै,
सपनाहरूलाई यथार्थताले ब्युझाउदै,
बाचाहरूको बन्धन फुकाउँदै।
पदचाप अनि डोबहरू उडाउलान् के हावाले ?
डर छ कतै गुन्जिरहनेछन् वायुमण्डलमा कि बातहरू।
सम्झनाले सताउलान् बेलाबेला
अनि बिथोलिदेलान् केही निन्द्रा अनि शान्ति ।
अनि यो अनिश्चित मन,
के गरी मेटिने छ त्यो अनिश्चितता ?
अङ्कुराउलान् के ती मनमा नयाँ भरोसा ?
भरिएलान् फेरि अर्को कोहीप्रति उही उत्साह ?
सम्झनामा सदैव रहनेछन् यी गाथाहरू।
बगिरहनेछन् हाम्रा जिन्दगीका कथाहरू।
हुने छैन त्यो कलाकार मैदानमा,
तर कौशल र कृतिहरूको धरोहर बाँचिरहनेछ।
कुनै दिन छुट्टाछुट्टै टेबलमा बसेर
साटौला हामी मन मिल्नेहरूसँग यी कथाहरू।
तिमी आफूले रचेका यी इतिहास,
अनि म यी जादुमय खेलको एक साक्षीको रूपमा ।

0 Comments